डिभिजन–२ः नेपाल उपाधिका लागि युएईसंग भिड्दै


 


काठमाडौं, फागुन ३
नेपाल आज आइसीसी वल्र्ड कप क्रिकेट लीग डिभिजन टू को उपाधिका लागि युएईसंग खेल्दै छ ।

नामिबियामा भइरहेको प्रतियोगितामा बुधबार भएको अन्तिम लिग खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै नेपाल अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको हो। यस्तै युएई पनि नामिबियालाई १९ रनले हराउँदै जिम्वावे क्वालिफायरका लागि छनोट भइसकेको छ ।

नेपालले यसअघि लिग चरणमा युएईलाई ४ विकेटले पराजित गरेको थियो। नेपाल ५ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । ५ खेलबाट नामिबिया र क्यानडा समान ६ अंक जोडेको युएई रनरेटमा अगाडि रहदै दोस्रो भएको हो।

नेपाल र युएई अहिलेसम्म १३ पटक भिडेका छन्। जसमा युएई ९ खेलमा विजयी भएको छ भने नेपालले ३ खेल मात्र जितेको छ। जसमध्ये एक जित नामिबियामै थियो। नेपाल र युएईबीचको एक खेल भने टाई भएको थियो।

 

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्