नेपालले युएइलाई यसरी हरायो


 


Nepal-U-19-Teamक्वालालम्पुर, भदौ ११

मलेसीयामा भइरहेको एसीसी यु-१९ प्रिमियर लिगको आफ्नो पहिलो खेलमा नेपालले युएइलाई १४९ रनले हराएको छ।  मलेसियाको क्वालालम्पुरमा २०० रनको लक्ष्य पछ्याएको युएइलाई नेपालले २०.५ ओभरमा ५० रनमा समेट्यो।

युएइका वरुन परेराले ३२ र जाफ्री जाफर्दिनले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। युएइका ६ ब्याट्सम्यान ० रनमा आउट भए भने तीन जनाले १-१ रन जोडे।

नेपालका सुशील कँडेलले ४,  सुनिल धमालाले ३ र प्रेम तामाङले २ विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले युएइलाई २०० रनको लक्ष्य दिएको थियो।

निर्धारित ५० ओभरको खेल सकिन ४ बल बाँकी छँदा नेपालले सबै विकेट गुमाएर १९९ रन जोड्यो। नेपालका राजु रिजालले सर्वाधिक ६२ रन बनाए।

सौरभ खनालले २४, आरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र सन्दिप सुनारले १८ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

प्रकाशित मिति: ११ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्