सार्की खोलाको कल्भर्टमा शव फेला

झापा, चैत ४
झापाको अर्जुनधारा–११ स्थित त्रिवेणी टोल निवासी ३२ वर्षीय ललित चौधरी सार्की खोलाको कल्भर्टमा मृत फेला परेका छन् ।
उनी गएराति सो कल्भर्टमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । राति ८ बजेतिर स्थानीयले उनलाई डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनको शव कल्भर्टबाट राति नै निकाले र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार
















