प्रदेश नं १ को प्रदेशसभा नियमावली सर्वसम्मत, राईले राखिन् संशोधन प्रस्ताव



 

विराटनगर, चैत ८

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालनका लागि बनेको प्रदेशसभा नियमावली मस्यौदा प्रस्ताव– २०७४ सर्वसम्मतरुपमा पास गरेको छ ।

मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुुत गर्नुुभएको थियो ।

पहिलो बैठकमा नियमावलीका विषयमा प्रदेशसभाका १२ जना सदस्यले बोल्नुभएको थियो । प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नियमावली सर्वसम्मतरुपमा पास भएको घोषणा सभामुुख प्रदीप भण्डारीले गर्नुुभयो ।

दोस्रो बैठकमा प्रदेशसभा सदस्य उषाकला राईले नियमावलीको केही बुँदामा संशोधनका लागि संशोधन प्रस्ताव राख्नुुभएको थियो । उहाँको प्रस्तावसहित नियमावली सर्वसम्मतरुपमा पास भएको हो ।

मस्यौदाउपर उठेको विषयमा मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले जवाफ दिनुुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक चैत २४ गते बुुधवार बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News