जंगलमा पुरुषको बेवारिसे शव फेला



कपिलवस्तु, चैत १३
यहाँको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ ।

करीव ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन गरेको हुनसक्ने प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा एकदिन अघि मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट उठाएको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्