सवारी दुर्घटनामा तीन जना घाइते



विराटनगर, १९ चैत्र । मोरङ र सोलुखुम्बुमा सोमबार भएका सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । मोरङको बुढिगंगा गाउँपालिका–३ मा बा १४ च ८९०६ नम्बरको कारले को ३२ प ७२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी राजबिराज नगरपालिका–१ बस्ने ३५ बर्षिय नन्द दास र पछाडी सवार सुनसरी भलुवा गाउँपालिका–९ बस्ने ३० बर्षिय चन्दन राय घाइते भएका छन् ।

घाइते दुवै जनाको बिराट मेडिकल कलेजमा उपचार भईरहेको छ । ठक्कर दिने कार र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रण्मा लिएको छ ।

उता सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ नाजिङमा सल्लेरीबाट नेले जादै गरेको ना १ ज ४०७१ नम्बरको सुमो दुर्घटना हुँदा सुमोका चालक जिल्ला नुवाकोट बेल्कोटगढी नगरपालिका–८ बस्ने ३० बर्षिय प्रताप भन्ने दिपक अधिकारी घाईते भएका छन् । उनलाई उपचारका लागी काठमाण्डौँ लगिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्