दुई मृत फेला



मोरङ, २० चैत । मोरङको बुढिगंगा गाउँपालिका–३ मुडेरी चौकमा सोही गाउँपालिका–२ बस्ने २५ बर्षिय कोईला ऋषिदेव मंगलबार मृत अवस्थामा भेटिएका छन् ।

उहाँलाई उक्त स्थानमा स्थानियबासीले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए । ऋषिदेवको टाउको र खुट्टामा चोट लागेकाले सवारी दुर्घटनाबाट मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । यस्तै जहदा गाउँपालिका–४ पोखरीया बस्ने मेघनाथ महतोको ९ बर्षिय छोरा गोलु महतो मंगलबार विहान माछा पोखरीमा मृत भेटिएका छन् । केही दिन देखी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा घर देखी अन्दाजी तीन मिटर दक्षिण मुनीलाल कामतको माछा पोखरीमा शव फेला परेको हो ।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्