लागूऔषधसहित चार जना पक्राउ



मोरङ,२१ चैत ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित जिरिखिम्तीबाट प्रहरीले मंगलबार राती लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ, मिक्लाजुङ गाउँपालिका–३ बस्ने प्रेम मगर, सोही ठाउँका सुनिल पिठाकोटे, सञ्जिब राई र दिलिप थापा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीको टोलीले लागूऔषध स्पास्मो प्रोक्सिवन ट्याब्लेट १० पिस, कफट्याग ट्याब्लेट १० पिस, माडोल ट्याबलेट–१० पिस र अन्दाजी १० खिली गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्