आगलागी हुँदा रु तीन लाखको क्षति



धनकुटा, २१ चैत्र । धनकुटाको धनकुटा नगरपालिका–७ बस्ने फडिन्द्र मिश्रको कुखुरा फारममा बुधबार आगलागी भएको छ ।  विहान ८ बजेतिर खोले पकाउने क्रममा लागेको आगोले उहाँको दुई तले टिनको छाना भएको कुखुरा फारम, एउटा खसी तथा ८० वटा कुखुरा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ ।

आगोलाई नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्