ढुंगाले लागेर महिलाको मृत्यु
सोलुखुम्बु, २१ चैत्र । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बस्ने ४० बर्षिया राजकुमारी राईको बुधबार भिरबाट खसेको ढुुंगाले लागेर मृत्यु भएको छ ।
घरबाट अन्दाजी १ घण्टा तल भैसिटाइस्को जगंलमा विहान ८ बजेतिर घाँस काटिरहेको अवस्थामा उहाँलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलामा प्रहरी चौकी छेस्का तथा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार
















