आगलागीबाट ४० लाखको क्षति
मोरङ, २२ चैत । मोरङको रङ्गेली–८ मा बुधबार राति आगलागी हुँदा दुई परिवारको रु ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त आगलागी विद्युत सर्टबाट भएको बताइएको छ । स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार
















