लागूऔषधसहित एक युवक पक्राउ
सुनसरी, २३ चैत्र । सुनसरीको धरान उप–महानगरपालिका–८ स्थित सेउती पुल नजिकैबाट प्रहरीले बिहिवार राती लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा को ९ प ७४७८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरान उप–महानगरपालिका–३ बस्ने २६ बर्षिय संजय साह रहेका छन् । प्रहरीले उनको साथबाट कोरेक्स ५ बोतल र एस.पी ७ ट्याब्लेट बरामद गरेको छ । उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहीको टोलीले राती १० बजे पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरेहको छ ।
प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार
















