साइकलयात्रीको घटनास्थलमै मृत्यु
मोरङ, २३ चैत । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा शुक्रवार विहान मिनि ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नम्बरको मिनि ट्रकले साइकलमा सवार सुनसरी जिल्ला, दुहबी–६ बस्ने ३५ बर्षिय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार
















