ढिस्कोले पुरिएर महिलाको मृत्यु



मोरङ, २५ चैत । लेटाङ नगरपालिका– ९ बस्ने २४ बर्षिया भगिमाया दुलालको आईतबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोले पुर्दा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २५ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्