लागूऔषधसहित एक युवक पक्राउ
धनकुटा, २७ चैत्र । धनकुटाको सागुरीगढी गाउँपालिका–६ भेडेटार चौकबाट प्रहरीले सोमबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा को १ ख ५६७३ नम्बरको बसमा सवार धनकुटा नगरपालिका–७ बस्ने २० बर्षिय सरद पाख्रिन रहेका छन् । उनलाई साँझ ७ बजेतिर सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले उनको साथबाट स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट–५२ एम्पुल र गाँजा ३० ग्राम बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखी थप अनुसन्धान भइरेहको छ ।
प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार
















