राजविराजबाट रु दुई लाख लुटियो



सप्तरी, २७ चैत । सप्तरी राजविराजबाट मंगबलार साँझ एक व्यक्तिको साथबाट रु दुई लाख लुटिएको छ । राजविराज नगरपालिका–७ खर्सालटोल बस्ने रमेश यादवले आफ्नो मामाघर मदन नगरमा जाँदै गर्दा ब्यागमा राखिएको रु दुई लाख अज्ञात समूहले लुटेर भागेको पीडितले जनाएको छ ।

यसैबीच रकम लुटेर भाग्ने व्यक्तिको खोजी कार्य तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सदरमुकाम राजविराजमा रकम लुट्ने क्रम बढ्दै गएको छ ।

केही दिनअगाडि राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र विभिन्न मनी ट्रान्सफरबाट ग्राहकले विदेशबाट आएको पैसा निकालेर घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले विभिन्न समयमा रकम लुट्ने गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएको छ । रासस

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्