धरानबाट लागूऔषधसहित पक्राउ
सुनसरी, २८ चैत्र । सुनसरीको धरान–८ स्थित बरगाछी चोकबाट प्रहरीले मंगलबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ३० बर्षिय बिष्णुप्रसाद भण्डारी रहेका छन् ।
उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बजे पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नाईट्रोशन–७ ट्याब्लेट र स्पास्मो प्रोक्सीभन ८ ट्याब्लेट बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार
















