चट्याङले भोजपुरमा एक जनाको ज्यान गयो
भोजपुर, चैत २८
चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–२ भोटेछाप बस्ने २० बर्षिया मुना भट्टराईको आफ्नै घरमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।
त्यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने ४८ बर्षिया कृष्णमाया तामाङको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर उहाँको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले उहाँकै भतिजी १५ बर्षिया सम्झना तामाङ घाइते भएकी छन् । उहाँको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जानएको छ ।
यस्तै झापाको कचनकबल गाउँपालिका–१ कुटी बजार बस्ने ५५ बर्षिय महेशलाल यादवको चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार राती ८ बजेतिर परेको चट्याङले उहाँ गम्भिर घाइते हुनुभएको थियो ।
उहाँलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार
















