आगलागीबाट चार लाखको क्षति



उदयपुर, २९ चैत्र । उदयपुरको कटारीमा बुधबार साँझ आगलागीबाट एउटा किराना पसल जलेको छ । कटारी नगरपालिका – ४ स्थित जमानसिंह बस्नेतको घरमा रहेको किराना पसलमा साँझ बालेको मैनबत्तीबाट आगलागी हुँदा उहाँको पसल जलेको हो ।

आगोले बस्नेतको पसलमा रहेको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी चार लाख बराबरको क्षति भएको बताइएको छ । आगोलाई स्थानीबासी, प्रहरी र कटारीबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्