नेत्रविक्रम चन्द विप्लव नेतृत्व माओवादीका दुई जना कार्यकर्ता प्रहरीले पक्राउ


 


उदयपुर ।यस सातामा उदयपुर भएका दुई वटा बम विष्फोटनका घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरुमा ३५ वर्षीय पूर्ण तामाङ र ४० वर्षीय जनक श्रेष्ठ रहेका छन् । तामाङलाई रामपुर र श्रेष्ठलाई सदरमुकाम गाईघाटबाट पक्राउ गरिएको उदयपुर प्रहरीका सूचना अधिकृत मनप्रसाद श्रेष्ठले बताए ।  चुहाडेस्थित क्रसर उद्योग र बुधबार सदरमुकाम गाईघाटस्थित हावई फिल्डमा बम विष्फोटन भएको थियो । हावई फिल्डको विष्फोटनमा् १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका थिए । घाइतेको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।तामाङ र श्रेष्ठ दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।उनीहरु दुवैजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्