पूर्व सभासद्सहित सात बिप्लब कार्यकर्ता पक्राउ


 


उदयपुर चैत ३० ।पूर्व को बिभिन्न ठाउँमा र  उदयपुरमा भएको बम विष्फोटका घटनाहरुमा संलग्न भएको आरोपमा पूर्व सभासद्सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बम विष्फोटका घटनाहरुमा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पूर्व सभासद् किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको छ ।बिशेष गरि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको समयमा जिल्लाको दनुवारबेसि देखि यता दुई दिन अघि उदयपुरको सदरमुकाम गाईघाट स्थित रंगशालामा भएको बम विष्फोट मा संलग्न भएको आरोपमा निजहरु लाई पक्राउ गरी उदयपुर ल्याएको  छ

पूर्व सभासद् राई नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी व्युरो इन्चार्ज समेत रहेका छन् । राई ०६४ को संबिधानसभा निर्वाचनमा सुनसरीबाट तत्कालिन नेपाल नेकपा माओवादीको तर्फबाट विजयी भएका थिए । चैत्र पहिलो साता पक्राउ परी धनकुटा प्रशासनबाट साधारण तारेखमा छाडिएका राईलगायतलाई पुनः प्रशासन परिसरबाटै पक्राउ गरी उदयपुर ल्याइएको नेकपाका उदयपुर कार्यालय सचिव प्रशान्तले बताए ।

उनले  नेकपाको संलग्नता नरहे पनि धरपकड गरेर द्वन्द्व निम्त्याउन खोजिएको बताए । यस बिषयमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले अघिल्लो दिन धनकुटाबाट पक्राउ परेका ७ जनालाई उदयपुर ल्याईएको पुष्टि गरे । तर, पक्राउ पर्नेहरुको नाम, ठेगाना खुलिनसकेको उनले बताए ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्