सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता


 


१ वैशाख, सिन्धुपाल्चोक । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन् ।

 

 

 

 

 

नयाँ बर्ष २०७५ साथीहरु सग मनाउन भनेर सुनकोशी नदी गयका सुनकोशी गाउँपालिका-४ यामुनाडाँडाका १८ बर्ष का रुपेश  खडका आज करीब चार बजेतिर डुबेर बेपत्ता भएका हुन् सुनकोशी नदीमा  सुकुटे नजिकै पौडी खेल्ने क्रममा । खड्का साथीहरुसँगै पौडी खेल्न नदीमा पसेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खडकाको खोजी  गरिरहेका  छन् । नदीको गहीराही को अन्दाज नहुदा डुबेको हुने सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

 

 

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्