आगलागीमा परी तीन वर्षीय बालकको मृत्यु



खोटाङ, ३ बैशाख । खोटाङको दिप्रुङ गाउँपालिका ४ मा सोमबार आगलागीमा परी घाइते भएका स्थानीय निशान राईको तीन वर्षीय छोरा हिटलर राईको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको छ।

सोमबार विहान करिब ९ बजेतिर राईका छोरा हिटलरले लाइटर खेलाउने क्रममा अचानक फुसले बनेको घरमा आगलागी हुँदा जलेर घाइते भएका बालकको उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउनेक्रममा बाटैमा मृत्यु भएको अस्थायी प्रहरी चौकी भण्डारेघाटले जनाएको छ।

आगलागीबाट राईको फुसले बनेको एक तले घर तथा घरभित्र भएका सम्पुर्ण सामानहरु जल्दा करिब दुई लाख बराबरको धनमाल समेत क्षति भएको बताइएको छ।

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्