भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयो
भोजपुर, वैशाख ४
भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएकोक छ । यहाँको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको हो ।
तिम्मा खम्बुखाका ४७ वर्षीय महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनास्थल सदरमुकामबाट टाढा रहेकाले शवलाई परीक्षणका लागि जिल्ला ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । शव परीक्षणपछि परिवारको जिम्मा लगाइने भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार
















