चट्याङ लागेर मृत्यु


 


सोलुखुम्बु, ४ बैशाख ।  सोलुखुम्बुको दुधकोशी गाउँपालिका –७ मा सोमबार साँझ चट्याङका लागेर स्थानीय ३८ वर्षिय सिताराम राईको मृत्यु भएको छ ।

साँझ ६ बजेतिर खसेको चट्याङले लागेर खेतमा काम गर्दै गरेका ३८ वर्षीय राईको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी नेलेले जनाएको छ । यस्तै खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका ४ खाल्ले बस्ने पुन्य बहादुर कटुवालको ४ वर्षीय छोरा प्रेम बहादुर कटुवाल र सशस्त्र प्रहरी बल हलेसी गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान युवराज विश्वकर्मा चट्याङ लागेर घाइते भएका छन् ।

कटुवाल आफ्नै आँगनमा खेल्दै गरेको अवस्थामा साँझ चट्याङ खस्दा घाइते भएका हुनुभयो भने ओखलढुङा गाम्नाङटार ९ निवासी विश्वकर्मा कामको सिलसिलामा बाहिर निस्केको बेला चट्याङ खसेर घाइते भएका हुन । दुबै जनालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लगिएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्