तीनदिने इलाम महोत्सव सम्पन्न


 


इलाम, ४ वैशाख : इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ वटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए ।

‘इलाम’ शीर्षक गीतको सार्वजनिकीकरण, इलाम :हाम्रो गौरव झल्कने आतिसबाजी, इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर र माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । रासस

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्