वीरगञ्ज महानगरपालिका र यातायात व्यवस्था कार्यालयमा बम फेला



वीरगञ्ज,बैशाख ०६

वीरगञ्जमहानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्थाकार्यालय परिसरमा आज बम फेला परेको छ ।

महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भ-याङको  छेउमा सानो झोला को पोका देखेपछि बम भन्दै सबै जना बाहिर निस्किएका थिय र सुरक्षा निकायमा खबर गरेका थिय , यता यातायात व्यवस्था कार्यालय परिसर मा पनि  रातो कपडाले बेरेर डल्लो वस्तु देखापरेपछि बम जस्तो लागेर सबै  कर्मचारी आतङ्कित भएर कार्यालय बाहिर निस्किएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निक्रिय पारेको थियो । बम सामान्य खालको भयपनी बिस्फोट हुने खालको रहेको सेनाको भनाइ छ ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्