बारीबाट खसेर महिलाको मृत्यु


 


ओखलढुङा, ६ बैशाख / ओखलढुङाको खिजिदेम्बा गाउँपालिका – ७ मा बारीबाट तल खस्दा एक महिलाको मृत्यु भएको छ। खिजिदेम्बा ८ भुसिँगा बस्ने ३५ वर्षीया गंगामाया बस्नेतको आलु गोड्नेक्रममा डिलबाट खस्दा घटनास्थलमै मृत्यु भएको हो।

बस्नेत आज बिहान खिजिदेम्बा ७ रावादोलु स्थित बारीमा आलु गोड्न गएकी थिइन।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्