हातहतियार बरामद
बैशाख , ६ सुनसरी
बर्जु गाउँपालिका–५ बस्ने सिसा सरदारको घर र गोठबाट ठुलो चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र गोली राउण्ड १ थान बिहीबार प्रहरीले फेला पारी बरामद गरेको छ ।
उनको घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खानतलासी गर्दा गोठमा लुकाईराखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो ।
निज सिसा सरदारको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार
















