ओखलढुंगामा नागरिकलाई सुरक्षा दिने प्रहरी नै असुरक्षीत
ओखलढुंगा, ६ बैशाख ।जिल्ला प्रहरी कार्यालय सहित मातहतका अधिकांश टोलीहरु जिर्ण भवनमा नै रहेकाले जिल्लामा प्रहरी नै असुरक्षीत देखिएका हुन् ।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आफ्नै भवन पनि जोखिमयुक्त छ ।प्रहरीका आफ्नै केही भवनहरु भूकम्पले जिर्ण बनाएको छ । हाल व्यक्तिका घरहरु भाडामा लिएर राखिएका अधिकांश चौकीहरु पनि भूकम्प पछि जोखिमयुक्त छन्। प्रहरीनायव उपरीक्षकको मातहतमा चल्ने सबै फाँट
हरु एउटै भवनमा सञ्चालनमा छन् । उक्त भवनमा ‘पूर्णक्षती’ भएको भन्दै भूकम्प पछि प्राविधिकको टोलीले रातोकार्ड झुण्डाए को छ तर केगर्नु विकल्प नहुँदा सम्म पुरानै भवनबाट काम चलाउनु परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।जिल्लामा प्रहरीको बसोबासका लागि धेरै समस्या छ’ शर्माले भने ‘विकल्प नहुँदा टालटुल पारेर जिल्ला प्रहरी कार्यालयले पनि पूर्णक्षती भएको भनिएको भवनबाटै सेवा दिईरहेको छ ।भवनहरु निर्माणका लागि माथिल्लो निकायसँग पहल गरीरहेको प्रहरी प्रमुख शर्माले बताए । केही चौकीका भवनको निर्माणकार्य सुरु भईसकेको उनको भनाई छ ।
हामीलाई भवनको मात्रै समस्या हो,जग्गाको समस्या छैन’ प्रहरी निरीक्षक टिकाबहादुर कार्कीको भनाई छ ।
प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार
















