घाँस काट्न गएकी सात वर्षीया बालिकाको हत्या

विराटनगर, वैशाख ८
मोरङको सुनवर्षी नगरपालिका–७ मा घाँस काट्न गएकी बालिका हत्या गरिएको अवस्थामा फेला परेकी छन् ।
मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको प्रहरीले जनाएको छ ।
घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो । शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । सासस
प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार
















