आजबाट बुद्धिचाल प्रतियोगिता


 


chess kheldei - Copyभोजपुर, भदौ २४
आजबाट भोजपुरमा बुद्धिचाल प्रतियोगिता हुँदैछ । जिल्ला बुद्धिचाल संघ भोजपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको मुख्य प्रायोजनमा प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुँदैछ ।

जिल्ला बुद्धिचाल संघ भोजपुरको दोस्रो बार्षिकोत्सव तथा पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगीताको छनोटका लागि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भाग लिनका लागि सिराहा, सप्तरी लगायतका जिल्लाबाट समेत खेलाडीले नाम दर्ता गराएको जिल्ला बुद्धिचाल संघ भोजपुरका अध्यक्ष दिपेन राईले बताए ।

प्रतियोगिताका लागि २८ जना खेलाडीले नाम दर्ता गराएका छन् । गत बर्षदेखि भोजपुरमा बुद्धिचाल प्रतियोगिता हुँदै आएको छ ।

प्रतियोगिताको विजेताले १० हजार नगदसँगै ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः छ हजार र चार हजार नगदसँगै ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सह–प्रायोजक किराँत इन होटल रहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्