अल्ट्रा दौडमा भाग लिन स्पेन पुगिन नेपाली चेली मिरा



Mira Raiबार्सिलोना,  भदाै २७

फ्रान्समा मोन्ट ब्लंक म्याराथनको उपाधि जितेर चर्चा कमाएकी नेपाली चेली मिरा राई फेरि अर्को सफलता हात पार्ने उद्देश्यबोकेर स्पेनमा आईपुगेकी छन् । आगामी शनिबार स्पेनको पिरेना बागामा हुने “सालोमन प्रिनेउ अल्ट्रा दौडमा” भाग लिन धावक राई स्पेन आएकी हुन्।

संसारकै पाँच उत्कृष्ट दौड मध्ये पर्ने १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौड’ काडी मोक्सेरो नेशनल पार्कबाट शुरु भएर बार्सिलोना स्थित बागामा आएर टुंगिने छ । पूर्व माओवादी लडाकू समेत रहेकी मिराले यस अघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्व भर फैलाएकी थिईन् ।

राईलाई संसारकै उत्कृष्ट धावकहरुले सहभागिता जनाउने स्पेनको अल्ट्रा दौडमा भाग लिने अबसर उनकी ईटालियन गुरु टिटे टोग्नीले मिलाएकी हुन् । म्याराथन दौडमा भाग लिन आएकी राईले बार्सिलोना स्थित बिमानस्थलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै आँफूले सक्दो प्रयास गर्ने बताएकी छन् ।

उनले भनिन्,”अल्ट्रा दौडमा कैयौ पटक उपाधि जितेका र रेकर्ड बनाएका धावकहरु पनि सँगै छन् तर मेरो तर्फबाट सक्दो कोशिस गर्ने छु ।” भोजपुर सानोदुम्मामा जन्मिएकी मीरा १४ वर्षको उमेर देखि नै माओवादी बनेकी थिइन् ।

लडाकू रहेकी मिरालाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकाएको थियो । निराश भएर गाउँ फर्किएकी मिरालाई कराते खेलाडी साथी पुर्निमा मगरले काठमाडौं बोलाइन् ।

सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लियो । अझ फ्रान्समा सम्पन्न मोन्ट ब्लंक म्याराथनको उपाधि जिते पछि उनको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै चर्चा चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News