पथरीशनिश्चरेमा लगातार योजना अनुगमन


 


मोरङ, जेठ २

मोरङको पथरीशनिश्चरे नगरपालिकाले कार्यालयमार्फत नगरमा सञ्चालित योजनाहरुको अनुगमन् कार्य भइरहेको छ । यस क्रममा पछिल्लो पटक ८ वटा योजनाको अनुगमन् भएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले वताउनु भयो ।

वडा नम्वर १ मा ५/५ लाखको साझेदारीमा पेगोडा बोर्डिङ दक्षिणमा ड्रेन निर्माण, १० को जिरिखिम्तीस्थित डाँस मोरङ्गी सामुदायिक वन कार्यालयको दक्षिण पश्चिमको सडकमा ५/५ लाखको साझेदारीमा वाल निर्माण कार्यको अनुगमन् भएको हो ।

त्यसैगरी, ९ को मलामी खाजाघर पश्चिमको बाटोमा ह्यूमपाइ र ड्रेन सहित नगरपालिकाको २ लाख ६५ हजारको लागतमा निर्मित सडक, ८ को किरात माङ्हिममा ६० हजारको जस्तापाताको योजनाको पनि अनुगमन् भएको छ ।

वडा नम्वर ४ को परिवर्तनशील महिला वचत सोमवारेको छत ढलानमा नगरपालिकाको ३ लाख तथा २ लाख ५० हजारमा मीनकुमार राईको घर दक्षिण दुर्गा गौतमको घर जाने ४ सय ५० मिटर बाटो ग्राभेल योजनाको पनि उसैगरी अनुगमन् र मुल्यांकन भएको छ । ४ नम्वर वडाकै शुक्रवारे पिङ्डाँडा हुँदै जयराज मादेनको घर छेउको ८ सय मिटर अधुरो बाटोमा ५ लाख ७६ हजार ५ सय ४३ रुपैयाँको लागतमा ग्राभेल भएको र १ लाखको लागतमा सिद्धार्थ आधारभूत विद्यालयमा तार घेराबाराको योजना समेत अनुगमन् भएको छ ।

समिति सदस्यहरु मैनाकुमारी राई लिम्बू, निर्मला गदाल, वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, प्राविधिक लिलाराज भट्टराई, सूचना संयोजक भूपेन्द्र तिम्सिना सहितको टोलीले अनुगमन् गरेको हो ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्