‘बाह्रखरीको बोटमुनी’ लाई उत्तम शान्ति पुरस्कार


 


काठमाडौँ, जेठ १०
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

सो पुरस्कारको राशि रु २५ हजारको छ । शर्मा पूर्वशिक्षामन्त्री समेत हुनुहुन्छ । गुठीका अध्यक्ष ठाकुर पराजुलीले समकालीन समय र सौन्दर्य चेतनामा उक्त कृतिले भूमिका निर्वाह गरेकाले पुरस्कार दिने निर्णय गरिएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्