२० वटा विद्यालयलाई कक्षा थपको अनुमति



मोरङ, ११ जेठ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रबाट कक्षा थपको अनुमति मागेका २० वटा विद्यालयलाई अनुमति प्रदान गरेको छ ।

नगर कार्यपालिकाको पछिल्लो बैठकले दुई वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालयलाई पूर्वाधारका विषयमा थप निगरानी गर्दै जानेगरी कक्षा थपको अनुमति प्रदान भएको निर्णय भएको छ । त्यसैगरी, समुदायमा आधारित ३ वटा बालविकास केन्द्रलाई नजिकको विद्यालयमा गाभ्ने माग भएबमोजिम गाभिने निर्णय भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको वैठकले, यसअघि साझेदारीमा योजना सञ्चालन गर्नेगरी माग भएका योजना, साझेदारी जुट्न नसक्दा सञ्चालनमा आउन नसकेका योजनालाई पुन अन्य वडाका लागि अवसर दिएको छ । त्यसरी बाँकी रहेको ५५ लाख रुपैयाँ पुन : साझेदारी जुट्न सक्ने वडाका लागि साझेदारीमा काम गर्न आह्वानको निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

साझेदारीमा काम हुन नसकेमा नगरको कोषमा रकम फिर्ता हुनेछ । चालु आर्थिक वर्षकै साझेदारी र अन्य शिर्षकमा बाँकी रहेको ४८ लाख बजेट पनि पथरी चोकको व्यवस्थापन सहित विभिन्न वडाका योजनामा बाँडफाँड गर्ने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News