शिक्षक महासंघको २५ वुँदे ज्ञापनपत्र


 


पथरीशनिश्चरे, जेठ २१

नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे मोरङले स्थानीय तहका शिक्षक कर्मचारीमाथि अनाधिकृत गतिविधि भइरहेको भन्दै नगरपालिका प्रमुख मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २५ वुँदे माग रहेको ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष अर्जुनकुमार वुढाथोकी र सचिव रुपनारायण भट्टराईद्धारा हस्ताक्षरित ज्ञापनपत्र पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईमार्फत सरकारमा बुझाइएको हो । ज्ञापनत्रपमा, पछिल्लो पटक ०७५ वैशाख २५ गते शिक्षा मन्त्रालयमा २३ वुँदे ध्यानाकर्षणपत्र बुझाएपनि हालसम्म कुनै सुनुवाई नभएकाले आन्दोलनका कार्यक्रम सहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम देशभरी तय भएको जनाइएको छ ।

शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगको रुपमा गठन, संवैधानिक शिक्षा आयोग गठन, विद्यालय तहको शिक्षालाई ३ वटै तहको सरकारको संयुक्त कार्यसूचीमा राख्नुपर्ने, स्थायी शिक्षकको रोकिएको आन्तरिक प्रतिष्पर्धा सूचालु सहितका माग उल्लेख छ ।

यस्तै, शिक्षक दरवन्दी प्राप्त भएका विद्यालयमा आवश्यक शिक्षक तथा स्रोतको व्यवस्था, शिक्षकसँगै सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक रुपमा तलव निकासा, स्रोत व्यक्तिको काज फिर्ता हुँदा त्यहाँ सट्टा शिक्षकको व्यवस्थापन गर्न स्थानीय नगरपालिकामा माग गरिएको छ ।

नगर क्षेत्रमा अंग्रेजी माध्यय सञ्चालन गर्दा वढेको व्यवभारको व्यवस्थापन, कार्यविधि निर्माणमा सरोकारवालाहरुसमेतको सहभागितामा संसोधन सहितका माग उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्