राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक, लमजुङका प्रज्वल अधिकारी प्रथम


 


रोल्पा, जेठ २२

‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण सङ्गम (म त मूर्ख रहेछु) द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी ‘फकिर’ (देश हराएको सूचना) तृतीय तथा सोलुखुम्बुका गणेशप्रसाद खतिवडा (समृद्धिको सपना) र काठमाडौँका अमित प्रिन्स (बेपत्ता चप्पल) ले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा वियोगी बुढाथोकी, उत्तमकृष्ण मजगैयाँ र केशव सुवेदी निर्णायक रहनुभएको थियो । प्रतियोगीलाई क्रमशः प्रथमलाई रु ३५ हजार, द्धितीय रु २५ हजार, तृतीय रु २० हजार र सान्त्वनालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रमका संयोजक डिबी टुहुरोले जानकारी दिनुभयो ।

जिल्लामा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाको संयोजन तथा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको तीनदिने सो सम्मेलन आज रोल्पाको सातदोबाटोमा सम्पन्न हुने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्