चलिरहेको पंखा गर्धनमा लागेर युवकको मृत्यु



 

बुटवल, जेठ २९

गैडहवा गाउँपालिकामा चलिरहेको पंखा (सिलिङ फ्यान) ले लागेर एक युवकको मृत्यु भएको छ ।

तिब्र गतिमा चलिरहेको पंखाले लागेर गैडहवा गाँउपालिका वडा नं. २ सीतापुर बस्ने अन्दाजी २० बर्षीय रियाजुद्दीन शेषको ज्यान गएको हो ।

घटनापछी समयमै उद्दार नहुदा उनको तत्कालै मृत्यु भएको हो ।

ओछयानबाट छतकम उचाईमा रहेको कारण एक्कासी खाटमा चढदा चलिरहेका पंखाले गर्धनमा गहिरो घाउ हुनेगरि काटेको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

उनी रमजानमा जाग्राम बसेर सुत्न लागेका थिए । गम्भीर घाइते भएका शेषको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News