सरकारका कामलाई थप प्रभावकारी बनाउने नेकपाको निर्णय


 


काठमाडौं, असार २
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारको कामलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने दिशामा काम गर्न स्थायी समितिका सदस्यहरुलाई निर्देशन दिए ।

बैठकले अझ राम्रो गर्न आत्मसमिक्षा गर्दै अघि बढ्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले दुबै अध्यक्षले सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएको बताए ।

उनकाअनुसार बैठकले एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिनु पर्नेमा जोड दिएको छ । स्थायी समिति बैठकले पार्टी नियमावलीबारे पनि १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यहरुलाई निर्देश गरेको छ ।

प्रकाशित मिति: २ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्