संसदको संयुक्त बैठक बस्दै


 


काठमाण्डौँ,असार ३

संघीय संसदको संयुक्त बैठक आज बस्दैछ । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली – ०७५ पारित गर्नेछ ।

गत सोमबार नै पारित गर्ने तयारी गरिएपनि बैठक बस्न नसकेपछि आजलाई सारिएको थियो । मन्त्रिपरिषदको बिहीबार राति अबेर सम्पन्न बैठकले संयुक्त बैठक आहृवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आज नै दुवै सदनको अलग अलग बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विनियोजन विधेयकका बिभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने छ ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्