१४ वर्षीया किशोरीले जन्माइन् अबैध सम्बन्धको बच्चा, दाउराको खात भित्र बोरामा भेटियो



धनगढी, असार ४
धनगढीमा एक १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । अबैध यौन सम्बन्धबाट रहेको गर्भबाट अवधि पूरा भएको शिशुलाई जन्म दिएर बेवारिसे अवस्थामा फालिएको शिशु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीकी बालिकाले नौं महिना पूरा भई जन्मिएको नवजात शिशुलाई आफ्नै घरको पछाडि दाउराको खातमा बोरामा बेरेर फालेको अवस्था प्रहरीले फेला पारेको हो ।

बच्चा रोइरहेको अवस्थामा छिमेकीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएसंगै वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज वकिलबहादुर सिंहको नेतृत्वमा गएको प्रहरीले टोली बेवारिसे अवस्थामा फेला परेको शिशुलाई सेती अञ्चल अस्पतालमा पुर्याएको छ ।

मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको शिशुलाई अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ । शिशुसंगै प्रहरीले किशोरी आमालाई पनि अस्पताल पुर्याएको छ । उनलाई पनि अहिले अस्पतालमा भर्ना गरिएको छ ।

आमा र शिशुको अवस्थामा सुधार आइसकेको अस्पतालले जनाएको छ । शिशुलाई बेवारिसे अवस्थामा फाल्ने किशोरी आमाले बच्चा कसको हो भनेर भने खुलाएकी छैनन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News