प्रहरी महानिरीक्षक खनाल अमेरिका प्रस्थान



काठमाडौँ, असार ४

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा भाग लिन गएराति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
असार ६ गते शुरु हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य राष्ट्रका प्रहरीबीच सहकार्य वृद्धि गर्ने, राष्ट्रहरुबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय गर्ने विषयमा छलफल हुनेछ ।

यस्तै संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वाेत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता वृद्धि गरी थप प्रभावकारिता ल्याउने र भविश्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषयमा समेत छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News