टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



भक्तपुर, असार ८

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News