एसर्इईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा


 


काठमाडौं, असार ९
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

यसैगरि, २.०५ देखि २.४० सम्म ६१ हजार ८ सय ७० जना सफल भएका छन् भने १.६५ देखि २.०० सम्म १ लाख १ हजार ४३ जना सफल भएका छन् ।

यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए ।

यसरी थाहा पाउनुहोस् नतिजा

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: ९ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्