पर्वतकी अञ्जलीले पनि नेपाल टप गरेको दाबी


 


पर्वत, असार १०

यस वर्षको एसर्इर्इ परीक्षामा पर्वतको अञ्जली पुरीले पनि नेपाल टप गरेको दाबी गरिएको छ । कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीले पुरीले नेपाल टप गरेको दाबी गरेको हो ।

छात्रा पुरीले सबै बिषयमा ए प्लस ४.०० जिपीए अंक सहित एसर्इर्इ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको हो । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताए ।

उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन । उनले एनसर नेपालको पूर्ण छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन् ।

पर्वतको मोदी गाउँपालिका वडा नं ६ गिज्यानका पुरी परिवार पछिल्लो समय कुस्मा नगरपालिका वडा नं ७ मा बस्दै आएका छन् । यस्तै, एसर्ईईमा भक्तपुरको महेन्द्र आश्रमले पनि त्यहाँ अध्ययनरत सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप गरेको दाबी गरेको छ ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्