डुबेर एक बालकको मृत्यु
झापा, असार १२
झापाको शिवसताक्षी नगरपालिका –७ सिंहहाङगेस्थित पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका –२ बस्ने डम्बर बहादुर विश्वकर्माको छोरा १० वर्षिय गणेश विश्वकर्माको मृत्यु भएको हो ।
साथीहरुसँग पौडी खेल्न गएका गणेशलाई पानीमा डुबेपछि बाहिर निकालेर उपचारका लागी लाईफलाईन अस्पताल दमक ल्याईएको थियो । बालकको सोही अस्पतालमा हिजो साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रकाशित मिति: १२ असार २०७५, मंगलबार
















