दुर्घटनामा एक जनाको मृत्यु



झापा, असार १२

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । सोही मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका–४ निवासी १५ वर्षीय उमेश खड्का र अमर लिम्बू गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको उक्त कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News