आस्था कलेज व्यवस्थापन कलेजहरुको टपटेनमा



दमक, असार १२

झापाको दमकस्थित आस्था कलेज देशभरका व्यवस्थापन कलेजहरुको टपटेनको उत्कृष्टतामा छनोट भएको छ । काठमाडौँमा रहेको न्यू विजनेश एज प्रालिले गरेको देशभरिका व्यवस्थापन कलेजको मूल्याङ्कनका आधारमा दमक–४ मा रहेको आस्था कलेजले त्यस्तो उत्कृष्टता प्राप्त गरेको हो ।

देशभरि व्यवस्थापन कलेजको संख्या एक हजार २७४ रहेको छ । उत्कृष्टतासँगै कलेजले विस्कुलस् रेटिङ–रेङ्किङ अवार्ड–२०१८ पाएको कलेजका प्रमुख टेकनाथ भण्डारीले बताउनुभयो । उहाँले शैक्षिक सुधारसहित अन्य विभिन्न आधारभूत मापदण्ड पूरा गरेका कारण कलेजले पछिल्लोपटक त्यस्तो सफलता प्राप्त गर्न सकेको बताउनुभयो ।

अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने सो कलेजमा हाल बिबिएसतर्फ ३०० विद्यार्थी रहेका छन् । कलेजसँगै माध्यमिक विद्यालयतर्फ एकता एकेडेमीसमेत सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News