प्रधान सम्पादक सुवेदी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त
विराटनगर, असार १३
प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा यस देशको न्युज डटकमका संस्थापक एवम् प्रधान सम्पादक ध्रुब सुवेदीलाई नियुक्त गरेको छ ।
भोजपुर जिल्ला निवासी प्रधान सम्पादक सुवेदीलाई उपसचिव स्तरको तलब सुविधा प्राप्त गर्ने गरी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरिएको हो । सुवेदी यसअघि सञ्चारमन्त्री रहँदा राईको प्रेस सहयोगी हुनुहुन्थ्यो ।
प्रकाशित मिति: १३ असार २०७५, बुधबार
















